‘बाल विवाहमा कमी आएन’
दिप्तीशिखा चौधरी
दंगीशरण २५ माघ ।
बालबालिका स्वयम जागरुक नहुदा सम्म बाल विवाहमा कमी नआउँने एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । बाल बिबाह न्यूनिकरणमा अरु तह र तप्काबाट जती प्रयास भएपनि कार्यानवयन हुन नसकेको भन्दै यो क्षेत्रमा बालबालीका लाग्नुपर्ने सहभागिहरुको तर्क थियो । साथै उनीहरुले अभिभावकहरु जिम्मेवारीका साथ आफनो सन्तान प्रतीको दायीत्व निर्वाह गर्न सके बाल विवाहमा कमी आउँन सक्ने बताए । बालकल्वकि सदस्य विमला न्यौपानेले अभिभावकले पाठ सिकाएमा आफु जस्ता धेरै बालबालीकाहरु बाल क्लव मार्फत बाल विवाह न्यूनिकरण गर्न तर्फ अग्रसर हुने बताईन । “बाल क्लव गठन गरेर मात्र के गर्नु क्लव भित्रै रहेका साथीहरु बाल विवाह गर्नुभएको छ । ” उनले भनीन् । यस्तै शिक्षक कैलास अधिकारीले बिधालयमा बाल विवाह न्यूनिकरण सम्बन्धि जती पाठ सिकाएपनि घरपरिवारको वेवास्ताका कारण बालविवाहमा कमी आउँनुको साटो बढ्दै गएको बताए । “ विद्मालय बाटै उनीहरु भागी विवाह गर्छन् । हामी विवाह भएपछि मात्र थाहा पाउँछौँ ।” शिक्षक अधिकारीले भने । यस्तै विरेन्द्र मा.वी. विद्मालय ब्यवस्थापन समितीका अध्यक्ष मोहन चौधरीले जनचेतनाको कमी भएकै कारण बाल विवाह न्यूनीकरण हुन नसकेको कुरा बताए । कार्यक्रममा ईलाका प्रहरी कार्यालयकि प्रहरी जवान टिका थापाले पछिल्लो समय प्रहरी साझेदारी कार्यक्रम मार्फत प्रहरीले बाल बिबाह न्यूनीकरणमा काम गरीरहेको भएपनि सामाजीक रुपमा प्रहरीले साथ नपाएकाले यो कार्यक्रमलाई अगाडि बढाउँन मुस्कील परेको बताईन् । “प्रहरीले एक्लै काम गर्न गाह्रो छ । कारवाहि गरौँ अभिभावक स्वयम बालबालीकालाई साथ दिएका छन् , कानुनी प्रक्रियामा ल्याउँन दिदैनन् । ” प्रहरी जवान थापाले भनीन् । कार्यपालिका सदस्य अङ्गने चौधरीले बालविवाह न्यूनिकरण गर्न अव कार्वाहि प्रक्रिया नचाल्दा सम्म सफल नहुने बताईन । दंगीशरण गाउँपालिकामा भएको बाल विवाह न्यूनिकरण तथा बालमैत्री स्थानीय शासन सम्बन्धि दुई दिने अभिमुखीकरण तालिममा उनीहरुले यस्तो धारणा राखेका हुन् ।
गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले विविध कार्यक्रमहरु व्यवहारमा लागु नभएकै कारण न्यूनिकरणमा समस्या आएको बताए । दंगीशरणमा बालविवाह गर्नुको प्रतिशत झन पछि झन बढ्दै गएको छ । अवको कार्यक्रम सामाजीक अभियानका रुपमा अगाडि लग्ने बताए । गाउँपालिकाकी उपाध्यक्ष पिमा कुमारी खड्काले न्यायीक समीतीमा आउँने सम्बन्ध विच्छेदका मुद्धा अधिकांश बालविवाहकै रहेको बताईन् । अवका दिनमा बालविवाह न्यूनिकरण गर्न अरु कार्यक्रम भन्दा सडक नाटक र वहस गरेर न्यूनिकरण हुने कुरा बताईन् ।
शान्तीनगर र दंगीशरणमा समाजमा वातावरणिय शिक्षाको विकाश सिडले गरेको सर्वेक्षणमा आर्थिक बर्ष २०७५÷०७६ मा गरेको सर्वेक्षणमा २३.५९ प्रतीशतले बाल विवाह गरेको दखिएको समाजमा वातावरणिय शिक्षाको विकाशका कार्यक्रम संयोजक माधव चौधरीले जानकारी दिए । ९ सय बालबालिकामा गरिएको सर्वेक्षणमा २ सय २३ जनाले बाल विवाह गरेको भेटियो । जसमा ९० जना अर्थात ४० प्रतिशत बालक र १ सय ३३ जना अर्थात ६० प्रतिशत बालिका रहेको जानकारी दिए । जसमा दलित र थारु समुदायका बालबालिका धेरै छन् । यस्तै गाउँपालिकाका किरण पोख्रेलले बालमैत्री स्थानीय शासन, उद्धेश्य , आवश्यक्ताका बारेमा जानकारी गराएका थिए । कार्यक्रमको शहजीकरण महिला बालबादिका तथा समाज कल्याण ईकाइ शाखाकि चन्द्रा वलीले गरेकि थिईन् ।