तीन बर्षमा दाङका सबै घर घरमा खानेपानीका धारा : पोखरेल

घोराही, २५ माघ

प्रदेश ५ मुख्यमन्त्री शंकर पोखरेलले दाङका घरघरमा खानेपानी पु¥याउन खानेपानी सस्थालाई निर्देशन दिनुभएको छ । घोराही खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाका २० औँ बार्षिक साधारण सभामा बोल्दै मुख्यमन्त्री पोखरेलले यस्तो बताउनुभएको हो ।

जिल्लाको खानेपानी समस्या समाधानका लागि तीन तहका सरकारले लगानी गरेको भन्दै उपभोक्ता सस्थाले सबैका घरमा शुद्ध खानेपानी पु¥याउने लक्ष्यसहित काम गर्नुपर्ने बताउनुभएको थियो । खानेपानीको समाधानका लागि जलाशय निर्माण र मुहान संरक्षणका लागि काम गर्नुपर्ने भन्दै सबैको भूमिका महत्वपुर्ण हुने बताउनुभएको थियो ।

सस्थाका अध्यक्ष देबीबहादुर डिसीको अध्यक्षतामा भएको बार्षिक साधारणसभामा बोल्दै मुख्यमन्त्री पोखरेलले मुहान संरक्षण नहुदासम्म दिर्घकालीन खानेपानी समाधान नहुने बताउनुभएको थियो । जिल्लाका कटुवा र ग्वार खोलामा जलाशय निर्माणका लागि डिपीआर निर्माण समेत भइसकेको बताउँदै अन्य क्षेत्रमा पनि यस्ता कार्यक्रमको आबश्यकता औल्याउनुभयो ।

बार्षिक साधारणसभामा सस्थाका सचिब सुमन शर्माको प्रगति प्रतिबेदन र कोषाध्यक्ष ध्रुब केसीको आर्थिक प्रतिबेदन प्रस्तुत गरिएको थियो । कार्यक्रमको सहजीकरण सस्थाका सदस्य धर्मेन्द्र श्रेष्ठले गर्नुभएको थियो ।।

यसैविच घोराही खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाले आफ्नो २० औँ बार्षिक साधारण सभाका अबसरमा छ जनालाई सम्मान गरेको छ । सस्थाले तीन जना उपभोक्ता र तीन जना कर्मचारीलाई सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथी प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उनीहरुलाई सम्मान गर्नुभएको थियो । घोराही खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाले धेरै महसुल तिर्ने घोराही १५ भिमसेन टोल निबासी माधब गिरी र कम महसुल तिर्ने घोराही १८ मिलीजुली टोल निबासी सुनिता आचार्यलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो ।

यस्तै घोराहीको बुद्धनगर टोल बिकास सस्थाका अध्यक्ष रोमप्रसाद रेग्मीलाई डिप बोरिङ निर्माणका लागि जग्गा उपलब्ध गराएको भन्दै सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरेको हो । त्यस्तै सस्थाका कम्युटर अपरेटर नबीन श्रेष्ठ, लेखापाल सुनिल डिसी र कार्यालय सहयोगी रावल जिएमलाई सम्मान र नगदसहित पुरस्कृत गरिएको थियो ।।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर