दाङमा पिपिआर रोगले भेडा मरेको पुष्टि
तुलसीपुर, २२ माघ ।
पूर्वी रुकुमबाट दाङ ल्याईएका भेडाहरु पिपिआर रोगले मरेको पुष्टि भएको छ ।
पूर्वी रूकुमको भूमे गाउँपालिका–१ लुकुमबाट चिसो छल्न र चराउन दाङको घोराही उपमहानगरपालिका–१९ पाँचपोखरीमा ल्याएका भेडाहरु ‘पिपिआर रोग’बाट मरेको क्षेत्रीय रोग अनुसन्धान प्रयोगशाला सुर्खेतले पुष्टि गरेको छ ।
समयमा उपचार नपाउँदा करिब २३० भेडा मरेपछि उपमहानगरपालिकाको पशु शाखा, पशु सेवा विज्ञ केन्द्र तथा जनप्रतिनिधि सहितको प्राविधिक टोली भेडा मरेको जानकारी आएपछि प्रभावित क्षेत्रमा पुगेर संकलन गरेको नमूना परीक्षणबाट यस्तो पुष्टि भएको हो ।
चारजना भेडापालक किसानले लुकुमबाट करीब ५०० भन्दा बढी भेडा ल्याएका थिए । पशु सेवा विज्ञ केन्द्र प्रमुख श्रीधर शर्माले बाँकी रहेका भेडाको उपचार जारी रहेको जानकारी दिए ।