झुमरेमा रहेको हाम्रो पहुँच स्कुलको व्यवहारिक शिक्षामा जोड

तुलसीपुर २० माघ

तुलसीपुर–७ झुमरेमा रहेको हाम्रो पहुँच सेकेन्डरी स्कुलले विद्यार्थीलाई किताबी ज्ञानमात्र नभई बाहिरी ज्ञान प्रदान गर्न विभिन्न अतिरिक्त कार्यक्रम गर्ने गरेको छ । विद्यालयले सोमाबार विद्यार्थीलाई वातावरणिय संरक्षणका भु–तथा जलाधार कार्यालयमा पुगेर वातावरणिय संरक्षणका विषयमा कार्यक्रम गरेको छ ।

हाम्रो पहुँच विद्यालय कक्षा ७ मा अध्ययनरत युदिन खनालको अध्यक्षता तथा भु–तथा जलाधार ब्यबस्थापन कार्यालयका प्रमुख कृष्णप्रसाद पौडेल एबं कार्यालयका अधिकृत महेन्द्रप्रसाद चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

भु तथा जलाधार ब्यबस्थापन कार्यालय तथा हाम्रो पहुँच विद्यालयको सम्वन्यमा भएको कार्यक्रममा कार्यालयका प्रमुख पौडेलले मानिसको जीवनलाई सहज बनाउनका लागि वातावरण संरक्षण गर्नुपर्नेमा जोड दिए । मानविय क्रियाकलापकै कारण वातावरणमा असर गर्न गई अतिवृष्टी, अनावृष्टि हुने गरेको उनले बताए ।‘हामीले गर्ने दैनिक क्रियाकलापकै कारण वातावरणमा विभिन्न असर देखा परेका छन्’ उनले भने–‘वातावरणिय संरक्षणका लागि पछिल्लो पुस्ता लाग्नुपर्छ ।’

उनले जल तथा भु ब्यबस्थापनका लागि आकस्मिक पहिरो नियन्त्रण, खोला किनार, नदि संरक्षण, ग्रामीण सडक संरक्षण, गल्छीे, खहरे नियन्त्रण, पानीको मुहान संरक्षण, नर्सरी, शहरी जलाधार लगायत ब्यबस्थापन सम्बन्धि काम गर्दै आएको बताए । कार्यलयका सब–ईन्जिनियर केशब खत्रीले वातावरण प्रदुषणले मानीस जिवनमा नकारात्मक असर भएको बताए । वातावरण अन्तर्गत जलबायु परिवर्तन, उद्योग, ध्वनी प्रदुषण, सामुन्द्रीक प्रदुषण, कृषि प्रदुषण, उद्योग प्रदुषणले मानिस लगायत सम्पूर्ण जिवजन्तुमा असर पुगेको उनको भनाई छ ।

विद्यालयका कल्याणकारीणी अधिकृत तिलकराम कालाथोकीले कार्यक्रमको बारेमा विषय प्रबेश गराउदै गुणस्तरिय शिक्षाका लागि सैद्धान्तीक ज्ञानले मात्र नहुने भन्दै बिद्यार्थीहरुलाई ब्याबहारिक ज्ञान दिनको लागि यस्तो कार्यक्रम गरेको बताए । उनले बिद्यार्थीहरुले सिकेको ज्ञानले समाज परिवर्तनमा महत्वपुर्ण भुमिका खेल्ने बताए । मिलन भण्डारीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण रिदम भण्डारी र ज्योती पुनले गरेका थिए ।

 

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर