सामुदायिक विद्यालय सुधार आबश्यक ः व्याकुल माईला

तुलसीपुर, ९ पुस ।

दाङको तुलसीपुरमा सुनाखरी सिकाई मेला भएको छ । माबि बालापुरमा मेला भएको हो । तुलसीपुर उपमहानगरपालि भित्रका ९ वटा बिद्यालयको आयोजनामा मेला भएको हो । उक्त मेलालाई सम्बोधन गर्दै राष्ट्रिय गानका रचियता प्रदिप कुमार राई ‘ब्याकुल माईला’ले सामुदायिक विद्यालयले गुण्स्तर सुधारमा ध्यान दिनुपर्ने बताए ।

साथै सरकारी विद्यालयको शैक्षिक सुधारकालागि प्रबिधीमैत्री शिक्षा दिनुपर्ने समेत बताए ।

त्यस अवसरमा तुलसीपुर उपहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले आर्थिक समृद्धिकालागि शिक्षाको भूमिका महत्वपूर्ण हुने बताए ।

विद्यालयका अध्यक्ष भिमबहादुर वलीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका शिक्षा समितिका सयोजक देबराज बिश्वकर्मा, तुलसीपुर उपमहानगरपालिका वडा नं. २ का अध्यक्ष राजु आचार्य, वडा नम्बर ५ का अध्यक्ष बिरेन्द्र शाह, बिद्यालय निरीक्षक मुकुन्द रिजाल, सुनाखरी तुलसीपुर सिकाई मेलाका सल्लाहकार एव पत्रकार सुशील बस्नेतलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

माबि बालापुरका शिक्षक सन्तोष लम्सालले बिषय प्रबेश गराएको कार्यक्रममा प्रधानाध्यापक सुवर्ण कुमार लामिछानेको स्वागत मन्तव्य र रिजु लामिछाने तथा खिमप्रसाद डांगीले सहजीकरण गरेका थिए ।

५० वटा स्टल सञ्चालनमा बिभिन्न बिद्यालयकाका बिद्यार्थीले तयार पारेका २९ वटा प्रर्दशनी,ब्यापरिक स्टल ११,खेल स्टल ६,कलेज स्टल ७ र रेडक्रसको एक वटा स्टल राखिएका थिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर