सूर्य ग्रहणमा तुलसीपुरले दियो सार्वजनिक विदा – DANG TV

तुलसीपुर

  • खण्डग्रास सुर्य ग्रहणमा तुलसीपुरका सम्पूर्ण क्याम्पस र विद्यालयहरुमा विदा दिइने भएको छ । तुलसीपुर उपमहानगरपालिका शिक्षा समितिले ग्रहणको समयमा विद्यार्थीहरुको आँखा र स्वास्थ्यमा गम्भिर असर गर्ने भन्दै विद्यालयहरुमा सार्वजनिक विदा घोषणा गरेको हो । विहिवार विहान ८ वजेर ४२ मिनेटदेखि ११ वजेर ३१ मिनेट सम्म ग्रहण देखापर्ने भएकाले विदा घोषणा गरिएको पनि शिक्षा समिति संयोजक देवराज विकद्वारा जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । । उनले ग्रहणको समयमा वाहिर ननिस्कनका लागि अनुरोध समेत गरेका छन् । खण्डग्रास ग्रहणलाई नाङ्गो आँखाले नहेर्न पनि सचेत गराइएको छ । नाङ्गो आँखाले ग्रहण हेरे आँखाको ज्योति गुम्न सक्ने वा आँखामा दीर्घकालीन समस्या आउने सक्ने बताइएको छ ।
Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर