सरस्वती माबिको अध्यक्षमा श्रेष्ठ

सुशीला ओली

घोराही, २९ मंसिर ।

घोराहीमा रहेको सरस्वती माध्यामीक विद्यालयको अभिभावक भेला आइतवार भएको छ । शिक्षक अभिभावक संघका अध्यक्ष वृद्धि प्रकाश पौडेलको अध्यक्षता तथा घोराही उपमहानगरपालिका सामाजिक विकास समितिका संयोजक भरत अर्यालको प्रमुख आतिथ्यतामा भेला भएको हो । त्यसअवसरमा प्रमुख अतिथि अर्यालले गुणस्तरीय शिक्षाका लागि अभिभावक जिम्मेवार बन्न आबस्यक रहेको बताएका थिए । बालबालिकाको वारेमा विद्यालयमा आएर चासो र निगरानी गर्नुपर्ने धारणा राखेका थिए । सामुदायीक विद्यालयको शैक्षिकस्तर कमजोर भन्ने मान्यतालाई अन्त्ये गर्न आबस्यक रहेको उनको भनाई थियो ।

राज्यले शिक्षा र स्वास्थ्यलाई मौलिक हकको रुपमा स्थापित गरेको हुनाले आगामी दिनमा शैक्षिक गुणस्तर माथि उठाउनको लागि अभिभावक, शिक्षक र विद्याथी विच त्रिकोणात्मक सम्बन्ध बलियो हुने आबस्य रहेको बताएका हुन् । बालबालिकालाई शैद्धान्तिक शिक्षा भन्दा पनि व्यवहारीक शिक्षाको आवस्यक रहेको बताए । कार्यक्रममा पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनेश्वर पौड्ेल, घोराही उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष रमेश कुमार पाण्डे, विद्यालय निरीक्षक शेर बहादुर विष्ट, नेपालि कांग्रेशका क्षेत्रिय सभापति भुप बहादुर डागी, केशव नेपाली लगाएतले गुणस्तरिय शिक्षा अहिलेको आबस्यकता रहेको कुरामा जोड दिएका थिए । विद्यालयका प्राधानाध्यपक बसन्ता पौडे्लेको स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रमको शहजिकरण सह प्राधानाध्यापक प्रकाश डांगीले गरेका थिए ।

आइतवार सम्पन्न अभिभावक भेलाले नयाँ नेतृत्व समेत चयन गरेको छ । जसको अध्यक्षमा विवेक श्रेष्ठ चयन भएका छन् । जसको सदस्यमा सुदिप गौतम, तिलक रावंत, सुलोचना प्रधान र पुष्पा पाण्डे र विष्णु कालाथोकी सदस्यमा चयन भएका हुन् । नयाँ नेतृत्व चयन पश्चात श्रेष्ठले आगामी दिनमा विद्यालयलाई नमुना विद्यालयका रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर