सिटी हस्पिटलमा एपेन्डिसाईटीसको सफल अप्रेसन

दाङ, २६ मंसिर ।

दाङको तुलसीपुर सिटी हस्पिटलमा एपेन्डिसाईटीसको सफल अप्रेसन भएको छ । बुधवार पहिलो पटक हस्पिटलका बरिष्ठ कन्सल्टेन्ट सर्जन डा. सुशिल खनिया नेतृत्वको टोलीले विरामी सन्तोष ढकालको सफल अप्रेसन गरेको हो । अप्रेसन टोलीमा बरिष्ठ एनेस्थेसिया डा. सगुन शर्मा, डा. चन्द्रवाल खटिक,स्टाफ नर्स नीति पुडासैनी लगाएको सहभागिता थियो ।

सिटी हस्पिटलले पछिल्लो समय हाडजोर्नीको अप्रेसन पनि सुरु गरेको हस्पिटलका प्रवन्ध निर्देशक मेहराज बस्नेतले जानकारी दिए । निर्देशक बस्नेतले निकट भविस्यमा नै दुरुबिन विधिवाट पित्तथैलीको अप्रेसन गर्ने तयारी गरिरहेको पनि जानकारी दिए । उनले हस्पिटलको सेवालाई थप विश्वसनिय र प्रभावकारी वनाउने उदेश्यका साथ, रेडियोलोजीस्ट कन्सल्टेन्ट डा सरोज पौडेल, स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा शेखर थापा , हाड जोर्नि तथा नसा रोग विशेषज्ञ डा सवल क्रिस्न गैरे लगायत को विशेषज्ञ डाक्टर को टोलि भित्र्याएको बताए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर