घर घरमै पुग्यो सामाजिक सुरक्षाभत्ता
तुलसीपुर, २२ मंसिर ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ ले घरमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरेको छ । आईतबार अतिअशक्त, जेष्ठ नागरिक, शारिरीक अपाङ्गता, अस्वस्थ भएकाहरुलाई घरमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरेको हो ।
उनीहरु बैंकमा लाईन लागेर सामाजिक सुरक्षाभत्ता लैजान सक्ने अबस्थामा नभएकाले घरमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरिएको वडाध्यक्ष नबराज लामिछानेले बताए ।‘ उहाँहरु बैंकमा आएर भत्ता लैजान सक्ने अबस्थामा हुनुहुँदैन्, त्यसैले हामीले घरमै गएर भत्ता वितरण गर्न थालेका हौं’ उनले भने‘ यसले उहाँहरुलाई सहज भएको छ ।’
अध्यक्ष लामिछानेका अनुसार शारिरीक अपाङ्गता भएकी डुम्रिगाउँ निवासी शुष्मा श्रेष्ठ, रजौरा निवासी ९१ बर्षीया खगेश्वरी रजौरे,गोलौरा निवासी ९६ बर्षीया छविलाल रेग्मी, गाईडहर निवासी ८१ बर्षीय पिपादेवी केसीलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो । अन्य असक्तहरुलाई पनि घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिने समेत उनको भनाई छ । उनीहरुलाई पहिलो चौमासिक अन्तर्गत जेष्ठ नागरिकलाई ३÷३ हजार गरि १२ ÷ १२ हजार र शारिरीक अपाङ्गता भएका ब्यक्तिलाई २ हजारका दरले ८ हजार वितरण गरिएको हो ।