राजपुरमा लेखा ब्यबस्थापन तालीम
मेगमन बुढा,
मंसिर २ राजपुर ।
डिभिजन वन कार्यालय दाङको आयोजनामा सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीहरुलाई अभिलेख तथा लेखा व्यवस्थापन सम्बन्धि दुई दिने तालिम सोमबार राजपुर गाउँपालिका वडा नम्बर २ बेलामा सम्पन्न भएको छ । देवीस्थान सामुदायिक वन उपभोक्ता समुहका कोषाध्यक्ष हर्शराम केसीको अध्यक्षता तथा डिभिजनल वन अधिकृत शंकर प्रसाद गुप्ताको प्रमुख आतिथ्यता र राजपुर गाउँपालिका वडा नम्बर दुईका अध्यक्ष दुर्गाप्रसाद शर्मा गोपालको विशेष अतिथिमा आइतबारदेखि संचालन भएको तालिममा वन व्यवस्थापन अन्तरगत सामुदायिक वन अभि लेख तथा लेखापरिक्षण व्यवस्थापन सम्बन्धि,बैज्ञानिक वन ब्यबस्थापन,समुहमा सामूहिक भावना र सहकार्यमा टेवा पु¥याउने , समूहमा हुने क्रियाकलाप तथा ति क्रियाकलाप कार्य गर्न खर्च भएको रकमको व्यवस्थित लेखा राख्न सहजीकरण गरि श्रोत साधनको दिगो उपयोग गर्न सहयोग गर्ने आर्थिक पारदर्शी र सुशासन सम्बन्धि,समुहले कति प्रयोग गर्ने र राज्यलाई कति प्रशेन दिने भन्ने बिषय बस्तुको बारेमा प्रशिक्षण दिइएको थियो ।
राजपुर गाउँपालिका भित्रको १३ वटा सामुदायिक वन उपभोक्ता समुहका २८ जना पदाधिकारीलाई तालिममा सहभागी गराइएको थियो भने तालिमको समापन स्थानीय वन महा संघ राजपुरका अध्यक्ष रामवरण यादवले गरेका थिए । यादवले सो तालिमलाई समापन गर्दै दिगो वन व्यवस्थापन र बैज्ञानिक वन व्यवस्थापनको बारेमा प्रस्त पार्नु भएको थियोे भने सो तालिमको प्रशिक्षण बेला सब डिभिजन कार्यालयका अधिकृत टेकन प्रसाद आचार्यले गरेका थिए ।