लमहीमा भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदीको पुत्ला दहन
लमही,
२९-कात्तिक / राष्ट्रिय जनमोर्चाले दाङको लमहीमा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको छ । जनमोर्चा लमही नगर कमिटीले भारतले हालै नेपाली भूमीलाई गाभेर नक्सा सार्वजनिक गरेको बिरोधमा प्रर्दशन गर्दै प्रधानमन्त्री मोदीको पुत्ला जलाएका हो ।
छिमेकीको नाममा भारतले नेपाली भूमी नै आफ्नो नक्सा भित्र राख्नुले हेपाय प्रबृत्तीको उजागर भएको भन्दै जनमोर्चाले तत्काल भूमि फिर्ता गर्न माग समेत गरेको छ । पुत्ला दहन पछि आयोजित सभालाई सम्बोधन गर्दै जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्यले भारतले नेपालको स्वाधीनता माथी धाबा बोल्ने काम गरेको बताए ।
भारतले नेपाली सिमा मिच्ने र भुभाग नै आफ्नो बनाउने हर्कत गरेको प्रति एकताका साथ नेपाली लड्नु पर्नेमा जोड दिए । विभिन्न दर्जनौ ठाउँहरुमा भारतले भूमि मिच्दै आएको भन्दै सरकारलाई उच्च स्तरबाट नेपाली भूमी फिर्ता लिन समेत ध्यानआकर्षण गराए ।