दाङमा नेकपाको ९६ वडामा एकता

तुलसीपुर, २९ कात्तिक ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले दाङमा एकतालाई अन्तिम चरणमा पु¥याएको छ । जिल्ला सचिब सुवास पुनका अनुसार दाङका एकसय वडामध्ये ९६ वडामा एकता पूरा भएको छ ।

अब बाँकी चारवटा वडामा पनि सफत ग्रहण कार्यक्रम बाँकी रहेको उनको भनाई छ ।‘जिल्लाको एकतालाई करिब अन्तिम चरणमा पु¥याएका छौं’ उनले भने ‘ दाङमा करिब ९६ वडामा एकता पूरा भईसकेको छ, बाँकी वडाहरुमा सफत ग्रहण गराउने कार्यक्रम छ, त्यो पनि केही समयमा पूरा हुन्छ ।’

साथै जिल्ला कमिटिले पूर्णता पाएसंगै पार्टीलाई चलायमान बनाईएको समेत बताए ।‘जिल्लाको पार्टी एकता नहुँदा नेता तथा कार्यकर्ताहरु जिम्मेवार बिहीन हुनुहुन्थ्यो, हामी पनि कसरी काम गर्ने भन्ने कुरामा अन्योल थियौ’ उनले भने‘ तर अहिले एकताले पूर्णता पाएपछि जिल्लामा बिभिन्न कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएका छौं ।’

जिल्लाले बिभिन्न बिभाग तथा स्थानीय तहहरुको एकतालाई पनि पूर्णता दिई सकेको छ । साथै केही वडाहरुले टोलसम्म पनि कमिटि निर्माण गरिसकेको समेत बताउनुभयो । यो संगै जिल्लामा पार्टीको एकताको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । अब बिभिन्न भातृसंगठनहरुको एकता प्रक्रिया बाँकी रहेको उनको भनाई छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर