मन्त्रीद्वारा अनाथलयको अनुगमन

तुलसीपुर, २३ कात्तिक ।

प्रदेश नं. ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ बिजौरी स्थित अनथालयको अनुगमन गरेका हुन् । असहाय वाल विकास नेपालले पालनपोषण तथा शिक्षा दिक्षा गर्दै आएका १७ जना बालबालिकाको अबस्था समेत अवालोकन गरिएको थियो । शनिबार अवलोकन गर्दै मन्त्री केसीले यो कार्यले सरकारलाई पनि ठूलो सहयोग पुगेको बताए । ‘ अहिलेसम्म सरकारले पनि यसरी अनाथबालबालिकालाई उचित पालनपोषण तथा शिक्षादिक्षा दिन सकेको छैन’ उनले भने ‘ तर यसरी एउटा संस्थाले २० जना शाहाराबिहीन बालबालिकाहरुलाई शाहारा दिएको छ, यो सरकारकालागि पनि ठूलो सहयोग हो ।’

साथै उनले उक्त संस्थालाई प्रदेशकै असहाय वालकालिकाको केन्द्र बनाउने गरि तयारी गर्ने समेत प्रतिबद्धता जनाए । उनले यो कार्यलाई प्रदेश सरकारले पनि पूर्ण सहयोग गर्ने र स्थानीय तथा केन्द्र सरकारमा बजेट ब्यबस्थापन गर्न पहल थाल्ने बताए । साथै यो महान कार्यप्रति मन्त्री केसीले धन्यवाद पनि ब्यक्त गरेका थिए ।

त्यस अवसरमा संस्थाका अध्यक्ष बिष्णु चौधरीले अहिलेसम्म संस्थालाई कुनै पनि निकायबाट सहयोग नभएकाले सबै खर्च घरबाटै ब्यहोर्ने गरेको बताए । ‘ अहिले आमावुवा नभएका शाहाराबिहीन बालबालिकाहरुलाई हामीले पालन पोषण गर्दै आएका छौं’ उनले भने ‘ तर कुनै पनि निकायबाट सहयोग भएको छैन्, घरबाट त्यो खर्च जुटाउने गरेका छौं ।’ अहिले त्यहाँ दाङ, रुकुम, रोल्पा, सल्यान,जुम्लालगायतका १७ जना बालबालिकाहरु अध्ययनरत छन् ।

त्यस अवसरमा जनता क्याम्पस बिजौरीका निमित्त प्राचार्य योगराज शर्मा, उपराष्ट्रपति नन्दकिशोर पुनका स्वकीय सचिब तुलसी डाँगी, संस्थाका सल्लाहकार बिनयकुमार पोखरेल, थारु अगुवा चनकलाल चौधरी, खेलाडी डम्मर केसी, यातायात ब्यबसायी प्रेमनाथ योगीलगायतले अनुगमन गरेका हुन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर