प्रदेश राजधानी दाङ बनाउने मेरो उम्मेदवारी ः डाँगी
तुलसीपुर, २२ कात्तिक ।
समाजवादी पार्टीको तर्फबाट दाङ क्षेत्र नं. ३ को प्रदेशसभा २ का उम्मेदवार डिल्लीबहादुर डाँगीले प्रदेश नं. ५ को राजधानी दाङ बनाउन आफ्नो उम्मेदवारी रहेको बताए ।
बिहीबार घोराहीमा मनोनयन दर्ता पछि पत्रकारहरुसंग कुरा गर्दै प्रदेश् नं. ५ को प्रदेशसभामा पार्टीका ५ जना रहेको र प्रदेशको राजधानी दाङ बनाउनकालागि प्रस्ताब दर्ता गराउन ६ जना आबश्यक पर्ने भएकाले थप आफुले जितेपङि बनाउनकालागि प्रस्ताब दर्ता गराउन ६ जना आबश्यक पर्ने भएकाले आफुले जितेपछि ६ जना हुने र प्रस्ताब पनि दर्ता गराएर राजधानी दाङ ल्याउने बताए ।
साथै उनले दाङ क्षेत्र नं. ३ को प्रदेशसभा २ को विकासकालागि बितरणमुखी भन्दा पनि रणनीतिक विकास गर्ने, भ्रष्टाचार अन्त्य गरि सुशासान कायम गर्ने, समतामुलक समृद्धिको बाटो हुँदै संघीय समुन्नत समाजवाद निर्माण गर्न आफु उम्मेदवार बनेको बताए । उम्मेदवारी दर्ता गर्न केन्द्रीय सदस्य हरि रिजालसहित अन्य नेताहरु सहभागि भएका थिए ।