भ्रष्टाचार निर्मुल पार्छु ः केशब आचार्य

तुलसीपुर, २१ कात्तिक ।

नेपाली कांग्रेसको तर्फबाट दाङ क्षेत्र नं. ३ को प्रदेशसभा २ का उम्मेदवार केशब आचार्यले आफुले चुनाबमा जितेपछि भ्रष्टाचार निर्मुल पार्ने प्रतिबद्धता जनाएका छन् । बिहीबार उम्मेदवार दर्ता भएपछि पत्रकारहरुसंग कुरा गर्दै उनले अहिले मुलुकमा ब्याप्त भ्रष्टाचार भएको भन्दै त्यस्को निर्मुल पार्ने बताए । साथै उनले दाङ आफ्नो निर्वाचन क्षेत्रलाई समृद्ध बनाउने समेत बताए ।

साथै प्रदेशको राजधानी दाङ बनाउन पहल थाल्ने बताए । उनको प्रस्तावकमा कांग्रेस जिल्ला सचिव शंकर डाँगी र समर्थकमा क्षेत्रीय सभापति जगत बहादुर खड्का छन । आचार्य काग्रेसका पुराना नेता मानिन्छन् । पञ्चायतकालदेखि कांग्रेसको राजनीतिमा संलग्न भएर लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहेका आचार्यले त्यस क्रममा पटक–पटक जेलजीवन बिताएका छन ।

हाल पार्टीको महासमिति सदस्य रहेका उनी ०५४ को स्थानीय निकायको निर्वाचनबाट तत्कालिन जिल्ला विकास समितिको सदस्य भएका थिए । हाल उनी नेपाली कांग्रेसको महासमिति सदस्य हुन ।

मनोनयन दर्ताकालागि उनीसँगै पूर्वसिचाई मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिपक गिरी, कन्द्रिय सदस्य पार्वति डिसी चौधरी, राष्टियसभा सदस्य अनिता देवकोटा, विमला नेपाली, अर्जुन श्रेष्ठ , राजु खनाललगायतको सहभागिता थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर