उपनिर्वाचन ः दाङमा २६ मतदानस्थल सम्वेदनशील, ६ अतिसम्वेदनशील

तुलसीपुर, १९ कात्तिक ।

दाङमा उपनिर्वाचनकालागि ३४ मतदानस्थल निर्धारण गरिएको छ । जसमा दाङ क्षेत्र नं. ३ को प्रदेशसभा २ कालागि ३२ र घोराही उपमहानगरपालिका वडा नं. १६ मा वडाध्यक्षकालागि हुने उपनिर्वाचनकालागि २ वटा मतदान स्थल निर्धारण गरिएको हो । निर्वाचन कार्यालय दाङका प्रमुख खत्रीका अनुसार प्रदेशसभाकालागि ८२ वटा मतदान केन्द्र समेत निर्धारण गरिएको छ । जसमा प्रदेशसभाकालागि ७७ वटा र वडाकालागि ५ वटा केन्द्र निर्धारण गरिएको खत्रीले जानकारी दिए ।

ति मध्ये २६ मतदानस्थल संवेदनशील, ६ स्थल अति संवेदनशील र दुईवटा स्थल सामान्य रहेको विश्लेषण गरिएको छ । त्यसकालागि सुरक्षा ब्यबस्थालाई पनि कडा बनाउन कार्ययोजना बनाईएको दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द्र प्रसाद रिजालले बताए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर