उप निर्वाचन ः जनमोर्चाद्वारा उम्मेदवार टुंगो

तुलसीपुर, १६ कात्तिक ।

राष्ट्रिय जनमोर्चा दाङले आगामी मंसिर १४ गते हुने दाङ निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश निर्वाचन क्षेत्र २ का लागि डिलाराम बुढाथोकीलाई उम्मेदवार बनाउने भएको छ । जनमोर्चा जिल्ला कमिटिले केन्द्रमा बुढाथोकी सहित देवबहादुर कामी र गोमा भण्डारीको नाम सिफारीस गरेको थियो ।

तीन जना मध्यबाट पार्टीको अखिल नेपाल राष्ट्रिय उधोग ब्यापार संघको जिल्ला सल्लाहकार बुढाथोकीलाई उमेद्वार बनाउने टुंगो लागेको जिल्ला अध्यक्ष गणेश आचार्यले जानकारी दिनुभयो । जनमोर्चाले गएको २०७४ सालमा भएको प्रदेशसभा सदस्यको उमेद्वार देवबहादुर कामीलाई बनाएको थियो । प्रदेश सभाका लागि ६८ हजार ७ सय १९ जना मतदाता रहेका छन् ।

प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ अन्तरगत तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १, २, १० र ११ तथा शान्तिनगर, बबई र दंगिशरण गाउँपालिका पर्दछन् । प्रदेशसभा सदस्य निर्वाचनका लागि ३२ मतदान स्थल र ७७ मतदान केन्द्र निर्धारण भएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर