प्रादेशिक आयुर्वेद अस्पतलमा अल्ट्रासाउन्ड सेवा शुरु

दीपक बोहरा

तुलसीपुर, १० कात्तिक ।

दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ स्थित प्रादेशिक आयुर्वेदिक अस्पतालमा सेवा थप भएको छ । अस्पतालका निर्देशक रामकामेश्वर ठाकुरका अनुसार अल्ट्रासाउन्ड र एक्सरे सेवा शुरु भएको छ । ‘ अहिले भौतिक पूर्वाधार पनि छ, जनशक्ति छ’ उहाँले भन्नुभयो‘ त्यसैले अहिले नै यो सेवा सुरु ग¥यौं ।’

अस्पतालमा सेवा सुविधा बढ्दै गएपछि बिरामीको संख्यामा पनि उल्लेख्य रुपमा बृद्धि भएको छ । दुई वर्ष अघि दैनिक चार÷पाँच जना बिरामी आउने अस्पतालमा हाल दैनिक एक सय बढी बिरामी आउने गरेका छन् । अस्पतालमा बिरामीको संख्या बढेसँगै सरकारले निःशुल्क रुपमा वितरण गर्ने ३३ प्रकारका आयुर्वेदिक औषधी वितरणमा समेत समस्या भएको छ ।

यस अघि अस्पतालमा फाईमोसिस, पञ्चकर्मा, क्षारसुत्र, ओपिडी, ल्याब, ईन्डोरलगायतका सेवाहरु सञ्चालित छन् । पछिल्ले समय क्षारसुत्र सेवा लिनेको संख्या धेरै रहेको डा. ठाकुरले बताउनुभयो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर