उपनिर्वाचन ः नेकपा दाङद्वारा तीन उम्मेदवार अनुमोदन
तुलसीपुर, ६ कात्तिक ।
दाङ क्षेत्र नं. ३ को प्रदेशसभा २ मा हुने उपनिर्वाचनकालागि नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाङले तीन जना उम्मेदवारलाई अनुमोदन गरेको छ । शुक्रबार बसेको जिल्ला कमिटिको बैठकले प्राथमिकताका आधारमा स्व. उत्तरकुमार ओलीकी धर्मपत्नी बिमला , चुर्णबहादुर ओली र शोभाराम बस्नेतको नाम नेकपाको प्रदेश कमिटिमा सिफारिश गरेको प्रचार बिभाग उपप्रमुख आजाद खड्काले जानकारी दिए ।
यी नामहरु नेकपा दाङ क्षेत्र नं. ३ को बिहीबारको बैठकले प्राथमिकताका आधारमा जिल्ला कमिटिमा उम्मेदवार सिफारिश गरेको छ । नेकपा दाङका अध्यक्ष टिकाराम खड्काको अध्यक्षमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । प्रदेशले कात्तिक १० गते भित्रै उम्मेदवारी केन्द्रमा सिफारिश गर्नेछ ।
प्रदेश नं. ३ को २ का सांसद उत्तरकुमार ओली र वडा नं. १६ का अध्यक्ष लक्षिणप्रसाद बुढामगरको निधन पछि दुबै स्थानमा मतदान हुन लागेको हो । दाङ क्षेत्र नं. ३ को २ बाट कांग्रेसले पनि १० जनाको नाम केही दिन अघि नै पठाईसकेको छ ।