विप्लवलाई ठूलो धक्का, प्रतिबन्ध पछि ११ सय नेता कार्यकर्ता पक्राउ
१ कार्तिक/ नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई सरकारले प्रतिबन्ध लगाएपछिको ७ महिनामा एघार सय बढी नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । सरकारले विप्लव समुह ध्वंशात्मक गतिबिधीमा संलग्न भएको भन्दै गएको फागुन २८ गते देखी प्रतिबन्ध लगाएको हो ।
त्यस पछि विप्लव समुहका नेता कार्यकर्तालाई जहाँ भेट्यो त्यही पक्राउ गर्ने निति सरकारको अघि सारेको छ । यसैक्रममा अस्ती राती दाङको राजपुर गाउँपालिका ४ मरेठा गाउँबाट २१ जना नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अहिले सम्म देशभरीबाट प्रहरीले एक हजार १ सय १४ जना नेता कार्यकर्तालाई नियन्त्रणमा लिइसकेको छ । ति मध्य १ सय ४८ जना नेतृत्व तहका छन भने ४३ जना जिल्ला इन्चार्ज र ६६ जना पार्टीका भातृसंगठनका जिल्ला इन्चार्ज पक्राउ गरेको प्रहरीको तथ्यांक छ ।
ति मध्य १ सय १० जना बिप्लव कार्यकर्तालाई जेल चलान गरिएको छ । ६९ जना माथी अनुसन्धान भैरहेको छ भने २ जना बालकलाई सुधारगृहमा लगिएको छ । विप्लव कार्यकर्ता माथी प्रहरीले अहिले १ हजार ३ सय १३ वटा मुद्धा दर्ता गरेको छ भने प्रतिबन्ध पछि ६ सय ४८ मुद्धा दायर गरेको जनाएको छ ।
पक्राउ परेको नेता कार्यकर्ताहरु माथी संगठित अपराध, राज्य बिरुद्धको अपराध, बम विष्फोट, ज्यान मार्ने, हत्या, अभद्र व्यवहार र आगजनीमा संलग्न भएको अभियोगमा मुद्धा चलाईएको छ ।