विद्यालयमा राजनीति गर्नुहुँदैन्- अध्यक्ष डाँगी
शन्तिनगर, २८ असोज ।
दाङको शान्तिनगर गाउँपालिका वडा नं. ६ स्थित आधारभुत बिद्यालय सुनडबरीको अभिभावक भेला भएको छ । मंगलबार भएको भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले विद्यालयमा राजनीति हुन नहुँने बताए ।
विद्यालयमा राजनीतिक खिचातानी भएमा विद्यालयको शैक्षिक स्तर माथि उठ्न नसक्ने समेत बताए । उनले शिक्षा नै समृद्धिको आधार भाएको समेत बताए । शिक्षाबिना बिकास असम्भव भएकोले शिक्षाको सुधारकालागि सबै आ–आफ्नो तहबाट लाग्नु पर्ने बताए । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष खुमानन्द लामिछानेको अध्यक्षतामा भएको भेलामा गाउँपालिकाकी उपाध्यक्ष मिथिला शाह, शिक्षा शाखा प्रमुख घनश्याम ओली, वडा नं. ६ का अध्यक्ष रबि बुढाथोकी , पूर्व प्रधानाध्यापक राम बहादुर केसीलगायतले मन्तब्य ब्यक्त गरेको प्रेस संयोजक निरास पाण्डेले बताए ।
विद्यालयका प्रधानाध्यापक सुरेस कुमार शर्माले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण शिक्षिका मीना परियारले गरेकी थिईन् ।
मब