विद्यालयलाई ६ कठ्ठा जग्गा प्रदान
दाङ, २८ असोज ।
दाङको एक विद्यालयलाई ६ कठ्ठा जग्गा सहयोग गरिएको छ । किर्तीपुर निवासी निकिता घिमीरेले राप्ती गाउँपालिका वडा नं. ३ स्थित दुर्गा भवानी आधारभुत विद्यालयलाई उक्त जग्गा प्रदान गरिएको हो ।
विद्यालयको अबस्था तथा शैक्षिक गुण्स्तर बृद्धि गर्न आयआर्जन आवश्यक पर्ने भन्दै सोही जग्गा विद्यालयलाई प्रदान गर्न लागिएको हो । खेतियोग्य जग्गा रहेकाले उक्त जग्गामा ब्यबसायीक खेति गरेर विद्यालयको आम्दानी बढाउन सकिने घिमिरेले बताउनुभयो ।‘ मैले प्रदान गरेको खेति योग्य जग्गा हो’ उहाँले भन्नुभयो‘ उक्त जग्गामा ब्यबसायीक तरकारी खेति गरेर विद्यालयको आम्दानी बढाउन सकिन्छ ।’
अहिले विद्यालयको अन्य आम्दानीको स्रोत नभएको भन्दै यसले आफुहरुर्ला टेवा पु¥याउने विद्यालयका प्रधानाध्यापक सूर्यप्रकास भण्डारीले बताउनुभयो । उक्त जग्गालाई मालपोत कार्यालय लमहीमा पुगेर कागजी प्रक्रिया समेत पूरा गरिसकिएको छ । उक्त जग्गाको मूल्य करिब २० लाख पर्ने उहाँको भनाई थियो ।