महान चाड दशै तिहार र छठ कसरी मनाउने भनेर गरियको कूराकानी

हिन्दु धर्मावलम्बीहरु को महान चाड बिजयादशमी र शुभदिपावली लगायत अन्य पर्ब हरु मा हामी नसके पनि रिण काढेर पर्ब मनाउने परम्परा बढ्दै गयेको छ। यस्को न्यूनीकरण र सामन्जस्यता परिमार्जन कसरी गर्न सकिन्छ भन्ने प्रश्न मा आधारित रहेर गरियको कुराकानी ।

माननीय हिराचन्द्र केसीः
सामान्य खर्चमा ठूला को आर्शीबाद लिनूपर्छ भन्ने माग, धारणा र सभ्य तरीकाले मनाउनुपर्छ।

 

अमित शर्माः
परम्परालाई जोगाई राख्न अरुको देखासिकी होईन कि क्षमता ले मनाउनूपर्छ । हामीले जे जसरी भए पनि मनाउनू पर्छ भन्दै सापटी गरी मनायो , भने भोली उसले अरु थप आर्थिक भार सृजना गर्दछ।

 

अमर नेपाली ( माईकल )ः

संस्कृती को रुपमा मनाउनूपर्छ बिकृतीको रुपमा होईन, खर्चिलो रुपमा मनाईने जो परम्परा छ यसको अन्त्य हूनूपर्छ

 

देबराज बिश्वकर्माः
क्षमता अनूसार खर्च गर्नूपर्छ , भड्कीलो अरुको देखासिकी गर्ने प्रचलन बढीराखेको छ। यसरी नभई आफनो परम्परालाई जोगाउन शिक्षित बर्गले यसको नेतृत्व गर्दे सामान्य खर्चमा ठूला को आर्शीबाद लिनूपर्छ भन्ने माग, धारणा र सभ्य तरीकाले मनाउनुपर्छ।

 

शरद रेग्मीः
अरुको लहलहमा लागेर सर सापट गरेर होईन, आफ्नो आम्दानी र घरको क्षमता अनूसार मनाउनूपर्छ । भड्कीलो पाराले रिण सापटी गरी मनाउदा भोली अरु समस्या थपिने हूदा रमाईलो गर्नृपर्छ भन्ने कूरामा लागेर जूवातास जस्ता कार्य गर्नूहूदैन । समाजलाई सकारात्मक सन्देश दिने तरिकाले एकआपसमा बिछोडीएका साथीभाई ईष्टमित्र भेटघाट गर्दे मनाउनूपर्छ ।

 

हंसराज केसीः
केहि बर्ष देखी भड्कीलो र देखासिकी बढी रहेको छ । हामीले यो कूरालाई रोक्नू पर्छ । हाम्रो परम्परा लाई जोगाउन हामीले आफूलाई परिबर्तन गर्नूपर्छ अरुले घोडा चढ्यो भन्दैमा आफू मूढा चढ्नू हूदैन । हामीले आफ्नो क्षमता देखाउनू भन्दा पनि समाजलाई यो तडक भडक बाट कसरी परिबर्तन गर्न सकिन्छ भन्ने कूरामा बिशेष जोड दिनूपर्छ।

 

राम बहादूर जि.सीः
बिभिन्न ठांउहरुमा छरिएर रहेका सम्पूर्ण आफन्तहरु एकै ठांउमा जम्मा भएर एक अर्कामा सूखःदूख साट्दै आफ्नो क्षमताले सकेसम्मको।

 

ललित बहादूर वलिः

क्षमताले भ्याएसम्मको खर्च गरौ महंगो , सकिनसकी नगरौ । आफूभन्दा ठूलाको हातबाट आर्शीबाद लिने गर्नूपर्छ।

 

देबिका नेपालीः

परिवारमा बसेर रमाईलो गरौ हूनेखाने संग देखासीकी गरेर मनाउनू पर्छ भन्ने सोचेर सापट काडेर होईन यसलाई वाध्यताको रुपमा नलिई परम्परालाई जोगाउन आफ्नो क्षमता अनूसार मनाउनूपर्छ।

 

खूमानन्द अधिकारीः
हामीले घाटी हेरी हाड निल्नूपर्छ, खानपानमा मा बिशेष ख्याल गर्नूपर्छ । महंगो मासू बिभिन्न खाना खादा स्वाथ्यलाई फाईदा होइन घाटा बढी गर्छ सामान्य र कम खर्चमा चाड पर्ब मनाउनूपर्छ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर