राजावादी समूह निस्तेज भइसक्यो : अध्यक्ष प्रचण्ड

रूपन्देही, वैशाख ४ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादी समूह निस्तेज भइसकेको टिप्पणी गर्नुभएको छ । बिहीबार रुपन्देहीको भैरहवामा प्रेस सेन्टर नेपाल रूपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै अध्यक्ष प्रचण्डले चैत १५ गते राजावादी समूहले आयोजना गरेको कार्यक्रमबाटै उनीहरू निस्तेज भएको उल्लेख गर्नुभयो ।
चैत १५ मा नै गणतन्त्रवादी शक्तिहरूले आयोजना गरेको कार्यक्रमले उनीहरूसँग प्रतिवाद गरेको भन्दै राजावादी शक्तिले अब टाउको उठाउन नसक्ने तर्क गर्नुभयो ।
यसैगरी, अध्यक्ष प्रचण्डले गभर्नर नियुक्तिमा ढिलाइ नगर्न सरकारलाई सुझाव दिनुभएको छ । गर्भनर नियुक्तिमा स्वार्थ समूहको बिगबिगी भइरहेको बताउँदै उहाँले मेरिटोक्रेसीका आधारमा गभर्नर नियुक्त गरेर अर्थतन्त्रमा देखा परेका गम्भीर समस्याको समाधानका लागि पहल गर्न सरकारलाई सुझाव दिनुभयो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर