पूर्वप्रहरी महानिरीक्षक प्रदीप शमशेर जबराको निधन

काठमाण्डौ चैत ३१, – पूर्व प्रहरी महानिरीक्षक प्रदीप शमशेर जवराको निधन भएको छ । उहाँको ७८ वर्षको उमेरमा गएराति निधन भएको हो । राणा २०५७ असोजदेखि २०५९ सालको पुससम्म प्रहरी महानिरीक्षक बन्नुभएको थियो । दिवंगत राणाप्रति नेपाल प्रहरीले दुःख व्यक्त गरेको छ ।
प्रहरी प्रधान कार्यालयले श्रद्धान्जली व्यक्त गर्दै राणाको निधनले एक कुशल अभिभावन गुमाएको बताएको छ । राणाको जन्म २००४ साल वैशाख १ गते भएको थियो । राणाको आजै ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ ।