कुवेतले नेपाललाई दियो १ सय ७५ रनको लक्ष्य

काठमाण्डौ चैत ३१, – चारदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा कुवेतले नेपाललाई १ सय ७५ रनको लक्ष्य दिएको छ ।
हङकङको मिसन रोड मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७४ रन बनायो । कुवेतका रविजा सान्दरुवानले ६३ रन बनाए । नेपालका सोमपाल कामी र नन्दन यादवले २र२ विकेट लिए । प्रतियोगितामा नेपाल शीर्ष र कुवेत दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् ।
यस्तै आजै तेस्रो स्थानका लागि भएको खेलमा हङकङले कतारलाई १ रनले हराएको छ । हङकङले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याएको कतारले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८७ रनमात्रै बनाउन सक्यो ।