प्रधानमन्त्रीद्वारा बुटवलमा जागरणसभालाई सम्बोधन

बुटवल चैत २९-, प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बुटवलमा आयोजित जागरणसभालाई सम्बोधन गर्नुहुँदै छ ।
शुक्रबार बिहान बुटवल आइपुग्नुभएको प्रधानमन्त्री ओलीले सभालाई सम्बोधन गर्नुहुने एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरेले जानकारी दिनुभयो । साथै एमालेका उपाध्यक्ष एवम् अर्थमन्त्री विष्णु पौडेललगायतका नेताहरुले पनि कार्यक्रमलाई सम्बोधन गर्ने तय भएको अध्यक्ष गैरेले बताउनुभयो ।
सभापूर्व बुटवलबाट भैरहवासम्म मोटरसाइकल र गाडीसहितको र्याली निकालिने, त्यसपछि पूर्वमा मुटु अस्पताल, दक्षिणमा कालिका चोक, उत्तर र पश्चिमबाट जम्मा भएको टोली अस्पताल लाइन जम्मा भएर रामनगरस्थित कार्यक्रम स्थलमा पुगेको छ ।