बाजुरामा जिउँदै गाई बगाएको घटना संसद्‌मा उठ्यो

काठमाडौँ ०४ – चैत प्रतिनिधिसभामा बाजुरामा मृत आत्माले शान्ति पाउने मान्यताका कारण जिउँदो गाईलाई कुटीकुटी खोलामा बगाएको घटनाबारे कुरा उठेको छ । कांग्रेस सांसद सीताकुमारी रानाले जिउँदो गाई खोलामा बगाउनेलाई कडा कारबाहीको माग गरेकी छन् ।

‘गाईलाई खोलामा बगाएर मारेपछि मृत आत्माले शान्ति पाउँछ भन्ने मान्यतासम्बन्धी निकृष्ट कार्य रोक्न माग गर्दछु,’ सांसद रानाले भनिन् ।

बाजुरा जगनाथ गाउँपालिकामा ‘गौदान गरेको दृश्य’ भनेर सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गरिएको थियो ।

त्यो भिडियोमा एउटा कालो रङको गाईलाई कुटीकुटी नदीमा लखेटिएको देखिन्छ । बाजुरा जिल्ला जगनाथ गाउँपालिका वडा नम्बर ६ काप्रेमा यस्तो घटना घटाइएको हो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर