भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण सुरु


कोहलपुर चैत १, – बाँके जिल्लाको बैजनाथ गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरूको लागी निस्सा वितरण कार्यक्रमको शुभारम्भ गरेको छ।

कार्यक्रमको नेतृत्व वडा नम्बर ४ का अध्यक्ष प्रेम बहादुर शाहीले गरेका थिए। गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाहीको प्रमुख आतिथ्यतामा बिहीबार आयोजित कार्यक्रममा निस्सा वितरणको प्रक्रिया सुरू गरिएको हो। वडा सचिव तिलक खत्रीका अनुसार, वडा नम्बर ४ मा कुल १,३१७ जना स्थानीयलाई निस्सा वितरण गरिनेछ।

बैजनाथ गाउँपालिका अध्यक्ष शाहीले आफ्नो सम्बोधनमा, ूहामीले चुनावी वाचा पूरा गरेका छौँ।ू भन्दै, पालिकाले भूमिहीन दलित र सुकुम्बासीहरूको पक्षमा काम गरिरहेको र उनीहरूको अधिकार सुनिश्चित गर्न प्रतिबद्ध रहेको उल्लेख गरे। साथै, गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले पालिका भित्रका सबै भूमिहीन र सुकुम्बासीको पहिचान भइसकेको र उनीहरूको लागि निस्सा वितरण प्रक्रिया सुनिश्चित गरिएको बताइन्।

कार्यक्रममा राष्ट्रिय भूमि आयोग बाँकेका सदस्य केशवकुमार शाहले आयोगले बाँके जिल्लामा भूमिहीन र सुकुम्बासीहरूको समस्या समाधान गर्नका लागि निरन्तर काम गरिरहेको र विभिन्न कार्यविधिहरू तयार पारेको जानकारी दिए।

यस अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, स्थानीय समाजसेवी, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिहरू र स्थानीय बासिन्दाहरूको सहभागिता रहेको थियो।

भूमिहीन सुकुम्बासीहरूको व्यवस्थापन र वितरण प्रक्रियास्

नैतिक र कानूनी आधारमा भूमिहीन दलित र सुकुम्बासीहरूको समस्या समाधान गर्ने उद्देश्यले राष्ट्रिय भूमि आयोगले विभिन्न कार्यविधिहरू तयार पारेको छ। यसमा ‘भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीको लगत सङ्कलन सम्बन्धी कार्यविधि, २०८१’ र ‘भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने कार्यविधि, २०८१’ लगायतका नियमावलीहरू छन्।

यसो हुँदा, ‘भूमि सम्बन्धी नियम, २०२१’ ले भूमिसम्बन्धी व्यवस्थापन र वितरण प्रक्रियालाई स्पष्ट पारेको छ, जसले भूमिहीन र सुकुम्बासीका लागि न्यायपूर्ण र पारदर्शी वितरण प्रक्रिया सुनिश्चित गरेको छ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर