प्रधानमन्त्री कप क्रिकेट, कर्णालीलाई हराउँदै गण्डकीको पहिलो जीत

काठमाण्डौ फागुन २७, – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ४ विकेटले हराएको छ ।
कर्णालीले दिएको ९२ रनको लक्ष्य गण्डकीले ६ विकेट गुमाएर १ सय २८ बलअघि नै भेटायो । गण्डकीका दीपक डुम्रेले नटआउट ५० रन बनाए । कर्णालीका दिवान पुनले ३ विकेट लिए ।
यसअघि दाङको देउखुरी रङ्गशालामा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णाली २७ ओभर २ बलमा ९१ रनमा अलआउट भयो । कर्णालीका विपिन शाहीले सबैभन्दा धेरै २० रन बनाए । गण्डकीका चन्द्र पौडेल, सुवास भण्डारी र विपिन खत्रीले २र२ विकेट लिए ।
प्रतियोगितामा यो गण्डकीको दुई खेलमा पहिलो जीत हो भने कर्णालीको दुई खेलमा पहिलो हार हो ।