सिरियामा दुई दिनको झडप र लगत्तैको प्रतिशोधपूर्ण घटनामा एक हजार जनाभन्दा बढिको मृत्यु


एजेन्सी फागुन २५,- सिरियामा झडप र प्रतिशोधपूर्ण घटनाले अवस्था तनावपूर्ण बनेको छ । यी घटनामा एक हजार जनाभन्दा धेरैको ज्यान गएको एक युद्ध अनुगमन समूहले जनाएको छ ।

सिरियाली सुरक्षा बल र सत्ताच्युत राष्ट्रपति बशर अल–असदका समर्थकबीच झडप भएको हो । झडप लगत्तै प्रतिशोधपूर्ण घटनाका शृङ्खला भइरहेका छन् ।

सिरियाको १४ वर्षअघि शुरू भएको द्वन्द्वपछिको यो सबैभन्दा घातक हिंसा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बेलायतको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार सात सय ४५ जना नागरिक मारिएका छन् ।

त्यस्तै एक सय २५ जना सरकारी सुरक्षा बलका सदस्य र एक सय ४८ जना असदसँग सम्बन्धित सशस्त्र समूहका लडाकूको ज्यान गएको छ ।

लाटाकिया शहर वरपरका ठूलो क्षेत्रमा बिजुली र खानेपानीको लाइन काटिएको छ । बिहीवारदेखि हिंसा थप भड्किएको हो । यसले नयाँ सरकारलाई सुरक्षा चुनौती थपेको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर