त्रिदेशीय एकदिवसीय क्रिकेट शृङ्खला स् पाकिस्तानलाई हराउँदै उपाधि न्युजिल्याण्डले जित्यो

काठमाण्डौ फागुन ३, – पाकिस्तानलाई हराउँदै त्रिदेशीय एकदिवसीय क्रिकेट शृङ्खलाको उपाधि न्युजिल्याण्डले जितेको छ । कराँचीमा गएराति भएको खेलमा पाकिस्तान ५ विकेटले पराजित भयो ।

जीतका लागि दुई सय ४३ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले ४५ ओभर २ बलमा ५ विकेट गुमाएर भेट्टायो । उसका दुई खेलाडीले अर्धशतक बनाए । ड्याल मिचेलले सर्वाधिक ५७ र टम लाथमले ५६ रन जोडे । डेभन कन्भे ४८ रनमा आउट भए ।

पाकिस्तानका नसिम शाहले दुई तथा शाहिन शाह अफ्रिदी, अबरार अहमद र सलमान अघाले समान एकरएक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तान ४९ ओभर ३ बलमा दुई सय ४२ रनमा अलआउट भएको थियो । उसका कप्तान मोहम्मद रिजवानले सर्वाधिक ४६ रन बनाए । सलमान अघाले ४५ रन जोडे ।

न्युजिल्याण्डका विल ओरोर्केले चार विकेट लिए । ब्रेसवेल र मिचेल स्यान्टनरले समान दुईरदुई विकेट लिए । च्याम्पियन्स ट्रफी अघि अन्तिम तयारीका लागि न्युजिल्यान्ड, दक्षिण अफ्रिका र पाकिस्तानले यो शृङ्खला खेलेका हुन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर