रुपन्देहीमा गाँजा र चरेससहित सात जना पक्राउ

काठमाण्डौ फागुन ३, – जिल्ला प्रहरी कार्यालय रुपन्देहीले गाँजा र चरेससहित सात जनालाई पक्राउ गरेको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४, ८ र तिलोत्तमा नगरपालिका–१५ मा लागूऔषध कारोबार हुँदै गरेको सूचनाका आधारमा २० किलो चरेस र २१ किलो गाँजासहित कारोबारमा संलग्नलाई पक्राउ गरिएको रुपन्देही प्रहरी प्रमुख रञ्जितसिंह राठोरले जानकारी दिनुभयो ।
प्रहरीले धादिङका दीपक तामाङ, सुनबहादुर तामाङ, नक्कलबहादुर तामाङ, प्रेमलाल तामाङलाई पक्राउ गरेको छ । त्यस्तै रुपन्देहीको आदर्शनगर बस्ने जीवन मल्लाह, तिलोत्तमा बस्ने दीलिप केवट र स्याङ्जाको गल्याङ्गका जीवनाथ पाण्डेलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।