जङ्गली हात्ती मृत फेला

बर्दिया, फागुन ३ – बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ स्थित खैलार गाउँमा एक जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ। खैलार गाउँको प्राथमिक विद्यालय नजिक रहेको गहुँ खेतमा करिब ३० वर्ष पुरानो भाले हात्ती मृत अवस्थामा भेटिएको हो।

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत डा. अशोककुमार रामका अनुसार, मृत हात्तीको शरिरिक अवस्था हेर्दा यो प्राकृतिक कारणले मरेको जस्तो देखिन्छ। उनले भने, “हात्तीको छालामा स–साना फोका देखिएका छन्, जसले यसलाई समस्या ग्रस्त बनाएको हुन सक्छ।”

निकुञ्जका अनुसार, हात्ती गेरुवा देखि बबई चेपाङ्गसम्मको क्षेत्रमा आउने जाने गरेको पाइएको छ। यसरी, हात्तीको स्वास्थ्य अवस्था बिग्रेर दुर्घटनाबाट मृत्यु भएको संभावना पनि प्रकट गरिएको छ।

पोस्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युको वास्तविक कारण थाहा हुने बताइएको छ। बर्दिया राष्ट्रिय निकुञ्जले मृत हात्तीको पोस्टमार्टम गरी अन्त्येष्टि गर्ने तयारी भइरहेको जनाएको छ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर