बिहेमा झगडा हुदा एक जनाको मृत्यु, ६ जना पक्राउ

कोहलपुर माघ २८- बाँकेको बैजनाथ गाउँपालिका-८ स्थित पुष्पनगरको बीचलाइनमा भएको एक ‘ग्याङ फाइट’मा खुकुरी प्रहारबाट घाइते भएका स्थानीय दिनेश रोकायाको मृत्यु भएको छ। उपचारको क्रममा भारतको लखनउमा उनको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ।

यो घटनामा, सुवास बुढाको बिहेमा मदिरा पिएका युवाहरू बीच झगडा भएको थियो। दुलही भित्र्याउने समयमा नाचगान भइरहेका बेला एक्कासि दुलाहा भिनाजु रामबहादुर रानाको समूह र दिनेश रोकायाको समूह बीच विवाद बढेको थियो। विवादलाई लिएर दुबै पक्षमा कुटपिट भएको थियो। रानाको खुकुरी प्रहारबाट दिनेश गम्भीर घाइते भएका थिए।

बाँके जिल्लाका प्रहरी प्रवक्ता डिएसपी आयुषप्रसाद जोशीका अनुसार २५ वर्षीय दिनेशको लखनउमा उपचारका क्रममा मृत्यु भएको हो। अन्य पाँच जनाको उपचार कोहलपुर मेडिकल कलेजमा भइरहेको छ।

हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामबहादुर राना (३५), मनीषा राना (३०), भिजन नेपाली (१८), हिमबहादुर बुढा (२९), अमृता डाँगी (२७), र सुजन बुढा (१८) रहेका छन्।

प्रहरीका अनुसार, दिउँसोदेखि मदिरा खाइरहेका यी दुई समूह बीचको विवादपछि मारकाट मच्चिएको थियो। हाल, पक्राउ परेकाहरूलाई कर्तव्य ज्यान मुद्दामा म्याद थपेर अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ।

यो घटना बैजनाथ क्षेत्रमा भएको ‘ग्याङ फाइट’को अर्को उदाहरण हो, जसले स्थानीय समाजमा ठूलो चासो र चिन्ता उत्पन्न गरेको छ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर