अमेरिकन एअरलाइन्सको विमान र सेनाको हेलिकोप्टर दुर्घटनामा १८ जनाको शव भेटियो


एजेन्सी माघ १७,- अमेरिकन एअरलाइन्सको विमान र सेनाको हेलिकोप्टर दुर्घटनामा उद्धार टोलीले १८ जनाको शव फेला पारेको छ ।

अमेरिकाको रेगन वाशिङ्टन राष्ट्रिय विमानस्थल नजिकै पोटोमाक नदीमाथिको आकाशमा विमान र हेलिकोप्टर ठोक्किएर नदीमा खसेको थियो ।

दुर्घटनामा परिचालित आपत्कालीन उद्धार टोलीले १८ वटा शव फेला परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उद्धार र खोजी कार्य भइरहेको छ ।

विमानमा ६० यात्री र चालक दलका चार सदस्य रहेका र सेनाको हेलिकोप्टरमा तीन जना रहेका खबरमा उल्लेख छ ।

विमानस्थलको धावनमार्गतिर जाँदै गरेको अवस्थामा विमान हेलिकोप्टरसँग ठोक्किएको थियो । घटनापछि रेगन विमानस्थलले सबै उडान तत्कालका लागि बन्द गरेको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर