एन्फा महिला लिगमा आज पुलिस र वालिङ खेल्दै
काठमाण्डौ माघ १, – एन्फा महिला लिग फुटबलमा आज विभागीय टोली नेपाल पुलिस क्लब र स्याङ्जाको वालिङ नगरपालिका खेल्दैछन् । खेल दिउँसो तीन बजे एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा शुरू हुनेछ ।
लिगको पहिलो चरणपछि पाँच वटा टोली दोस्रो चरणको सुपर फाइभमा पुगेका छन् । तालिकामा १२ अङ्कसहित एपीएफ शीर्ष स्थानमा छ । हिजो भएको खेलमा त्रिभुवन आर्मी क्लबले बाग्मती युथ क्लबलाई हराउँदै ५ खेलमा १० अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ ।
७ अङक रहेको पुलिस तेस्रो, ३ अङ्कसहित बाग्मती चौथो र अङ्क जोड्न नसकेको वालिङ पुछारमा छ । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० को आयोजनामा भइरहेको एन्फा महिला लिग माघ १६ गतेसम्म चल्ने छ ।