सन् २०२४ सबैभन्दा तातो वर्ष: नयाँ रेकर्ड कायम

पुष २६, – सन् २०२४ अहिलेसम्मकै सबैभन्दा तातो वर्ष बन्यो, जसले पृथ्वीको तापमानको ऐतिहासिक रेकर्ड तोडेको छ । युरोपेली जलवायु एजेन्सी कोपरनिकसले यो वर्षको औसत तापक्रमलाई पूर्व–औद्योगिक युगको तुलनामा १.५ डिग्री सेल्सियस बढी भएको बताएको छ ।

कोपर्निकस एजेन्सीका अनुसार, सन् २०२४ का प्रत्येक महिना, जनवरीदेखि जुनसम्म, अहिलेसम्मकै सबैभन्दा तातो महिना थिए । जुलाईदेखि डिसेम्बरसम्मको अवधिमा भने, अगस्ट बाहेक अन्य सबै महिना २०२३ पछि दोस्रो सबैभन्दा तातो महिना बनेका थिए। यस वर्षको औसत तापक्रम १५.१ डिग्री सेल्सियस रेकर्ड गरिएको छ, जुन १९९१–२०२० को औसत तापक्रमभन्दा ०.७२ डिग्री र २०२३ भन्दा ०.१२ डिग्री बढी हो ।

यो वर्षको तापमान सन् १८५० देखि रेकर्ड गरिन थालेपछि सबैभन्दा उच्च रहेको छ, र यसले १८५०–१९०० को आधार रेखाभन्दा १.६० डिग्री सेल्सियस बढी तापक्रम देखाएको छ । वैज्ञानिकहरूले यसलाई विश्व तापमानमा आएको असाधारण वृद्धि मानिरहेका छन्, जसको मुख्य कारण हरित ग्यास उत्सर्जन र जीवाश्म इन्धनको अत्यधिक प्रयोग हो ।

सन् २०१६ मा गरिएको वैश्विक समझौताअनुसार, पृथ्वीको तापमानलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्ने लक्ष्य राखिएको थियो। तर मानवीय गतिविधिहरूका कारण यस सीमा पार गर्ने जोखिम थपिदै गएको छ । अक्सफोर्ड विश्वविद्यालयका भौतिकशास्त्र विभागका माइल्स एलेनले भनेका छन्, “हामी विश्व तापमानको सीमामा पुग्नबाट निकै नजिक छौं ।

यो नयाँ तथ्यले जलवायु परिवर्तनको गम्भीरता र त्यसको प्रभावलाई झल्काउँछ, जसको समाधानको आवश्यकता अब विशेष रूपमा तत्काल महसुस भइरहेको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर