“चीनमा आएको ६.८ म्याग्निच्युडको भूकम्पले ९५ जनाको ज्यान लियो, १३० जना घाइते”
एजेन्सी पुष २३, – चीनमा आज बिहान आएको ६.८ म्याग्निच्युडको भूकम्पले ९५ जनाको ज्यान लिएको छ भने १३० भन्दा बढी घाइते भएका छन् । नेपाल–चीन सिमाना नजिकको तिब्बतको दिङ्गे काउन्टीमा गएको यो भूकम्पले सयौं घरहरू भत्काएर व्यापक क्षति पुर्याएको छ । भूकम्पको धक्का नेपाल, भारत र भुटानका विभिन्न स्थानमा पनि महसुस भएको थियो ।
सिगात्से क्षेत्रमा विद्युत् र जल आपूर्ति प्रणाली अवरुद्ध भएको छ। चिनियाँ सेनाले उद्धार कार्य शुरु गरेको र दुर्गम क्षेत्रमा मानवरहित ड्रोनको प्रयोग गरी राहत सामग्री पुर्याउने प्रयास भइरहेको छ। चिनियाँ राष्ट्रपति सी जिनपिङले भने प्रभावित क्षेत्रहरूको पुनर्निर्माण र उद्धार कार्यलाई प्राथमिकता दिन आह्वान गरेका छन् ।
नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले भने यस भूकम्पको तीव्रता ७ म्याग्निच्युड रहेको बताएको छ ।