कोहलपुरमा एस्पो (२०८१ु महोत्सव) यश कुमार र अन्य कलाकारहरूको बेजोड प्रस्तुति
कोहलपुर पुुस २१,– कोहलपुरमा जारी प्रथम कृषि तथा पर्यटन प्रर्वद्धन व्यापारिक संरक्षण तथा साँस्कृतिक महोत्सवु ९एस्पो(२०८१० का अन्तिम दिन शनिबार चर्चित कलाकार यश कुमार र अन्य कलाकारहरूको अद्भुत प्रस्तुति रहेको थियो । महोत्सवको अन्तिम दिन दर्शकहरूको भीड लागेको थियो ।
लोक र दोहोरी गायक खुमन अधिकारीले आफ्नो प्रभावशाली सांगीतिक प्रस्तुति मार्फत उपस्थित दर्शकहरूलाई नचाउँदै मनोरञ्जन प्रदान गरे। उनका चर्चित गीतहरूले महोत्सवलाई थप उत्साही बनायो। गायक अधिकारी दर्शकहरूको माझमा पुगेर हाथ मिलाउँदा सुरक्षा कर्मीहरूलाई भिड नियन्त्रण गर्न मुस्किल परेको थियो ।
यात्रामा गायिका जानकी तारमी मगरले पनि आफ्नो आवाज र प्रस्तुति मार्फत दर्शकहरूको मन जितिन्। साँझ पर्नासाथ, गायक यश कुमार स्टेजमा उक्लिएर उपस्थित दर्शकलाई मन्त्रमुग्ध बनाइरहे। यसका साथै, गायिका मन कुमारी सुनार, देउडा गायिका रेखा जोशी लगायतका कलाकारहरूले पनि आफ्नो सांगीतिक प्रस्तुति प्रस्तुत गरि दर्शकहरूलाई रमाइलो बनाएका थिए। स्थानीय कलाकारहरूको प्रस्तुति पनि महोत्सवको मुख्य आकर्षण थियो।
महोत्सवको आयोजना नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् कोहलपुर बाँकेको नेतृत्वमा भएको हो। महोत्सवको उद्देश्य आदिवासी जनजाति संग्रहालयको निर्माण कार्यको लागि चन्दा संकलन गर्नु थियो। मेलामा २५० वटा व्यापारिक स्टल र २० वटा होटल स्टलहरूले स्थान पाएका छन्। साथै, बालउद्यान, कृषि प्रदर्शनी, व्यापारी स्टलहरू, थारु गाउँ, कराते र उस्सु खेल प्रदर्शनी पनि आकर्षणका रूपमा प्रस्तुत भएका छन्। विभिन्न जातीय खानाका परिकारहरूको प्रदर्शनीले पनि महोत्सवलाई रोचक बनाएको थियो।
यो महोत्सव १७ गतेसम्म सञ्चालन हुने भनिएको थियो, तर दर्शकहरूको अत्यधिक सहभागिता र मागको कारण आयोजकहरूले यसलाई पुस २० गतेसम्म विस्तार गरे। निशुल्क पार्किङको व्यवस्था पनि गरिएको थियो, र महोत्सवको समापन आइतबार हुने बताइएको छ।