कोहलपुर महोत्सवमा आनन्द कार्की, प्रीती आले र धनराज चुनाराको भव्य प्रस्तुति

कोहलपुर पुस १८- बाँकेको कोहलपुरमा अहिले जारी ‘प्रथम कृषि तथा पर्यटन प्रर्वद्धन व्यापारिक संरक्षण तथा साँस्कृतिक महोत्सव’ले विभिन्न सांस्कृतिक कार्यक्रम र रमाइलो प्रस्तुतिहरूसँग दर्शकलाई मनोरञ्जन प्रदान गर्दैछ। बिहीबारको विशेष कार्यक्रममा नेपाली संगीतको क्षेत्रका चर्चित कलाकारहरूको प्रस्तुति हुने छ। यस महोत्सवमा गायक आनन्द कार्की र गायिका प्रीती आलेको आकर्षक गीत संगीतले उपस्थित दर्शकहरूलाई झुमाउने छ। यी दुवै कलाकारले आफ्नो सुमधुर आवाजबाट महोत्सवलाई अझ रंगीन बनाउनेछन्।

त्यस्तै, लो दोहोरी संगीतका चर्चित गायक धनराज चुनारा र इब्सल सन्ज्याल पनि महोत्सवमा आफ्नो प्रस्तुति दिने छन्, जसले सन्देश प्रवाह गर्दै दर्शकलाई झुमाउने छ। नेपाली लोक संगीतको आकर्षणलाई थप बलियो बनाउनको लागि, मोडल र डान्सर पुनम राना मगर र मोडल दुर्गा रानाको विशेष प्रस्तुति हुने छ। यिनका डान्स र अभिनयले महोत्सवलाई थप जीवित र रमाइलो बनाउने अनुमान छ।

यस महोत्सवको एक महत्वपूर्ण पक्ष भनेको स्थानीय कलाकारहरूको प्रतिभा प्रदर्शनी पनि हो। स्थानीय कलाकारहरूले आफ्नो कला र सीपको प्रस्तुति गर्दै महोत्सवमा भाग लिनेछन् । साथै, महोत्सवमा लाइभ दोहोरी पनि प्रस्तुत गरिने छ, जसमा उपस्थित दर्शकहरूले आफ्नो मनपर्ने गीतमा सक्रिय सहभागिता जनाउन सक्नेछन् ।

यस महोत्सवले कृषि, पर्यटन, सांस्कृतिक संरक्षण र व्यापारिक प्रवर्धनको सन्देशलाई पनि फैलाउने उद्देश्य राखेको छ। स्थानीय संस्कृतिको संरक्षण र प्रवर्धनमा योगदान पुर्याउने उद्देश्यका साथ आयोजना गरिएको यस महोत्सवले बाँकेको सांस्कृतिक र पर्यटन क्षेत्रमा ठूलो महत्व राख्नेछ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर