अर्घाखाँचीमा १२ वर्षीया बालिकाको विवाह गराएको आरोपमा दुई जना पक्राउ
पुष १७, २०८१, बुधबार | उज्यालो सहकर्मी
अर्घाखाँची – अर्घाखाँची जिल्लामा १२ वर्षीया बालिकाको विवाह गराएको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ।
भूमिकास्थान नगरपालिका-९ की सकुन्तला सारु र विवाह गराउने सन्धिखर्क नगरपालिका-८ का मुमाराम बि.क. लाई बालविवाहको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख (डीएसपी) चक्रबहादुर मल्लले जानकारी दिएका छन्।
सकुन्तलाले काम लगाइ दिने बहानामा १२ वर्षीया बालिकालाई घरमा बोलाएर मुमारामको जिम्मा लगाएको र मुमारामले बालिकालाई सिन्दुर लगाएर घरमा भित्र्याएको बताइएको छ। बालिकाको कान्छो बुबाले उक्त घटनाबारे प्रहरीमा उजुरी दिएका थिए।
उजुरी प्राप्त भएपछि प्रहरीले मुमारामलाई पक्राउ गरेको र अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी विष्णुप्रसाद पौडेलले जानकारी दिएका छन्।
बालविवाह रोक्नका लागि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले कडा कदम चालेको भए पनि यस्ता घटना निरन्तर भइरहेका छन्, जसले समाजमा बालिकाको सुरक्षा र अधिकारको सन्देश पु-याउन थप प्रयास आवश्यक रहेको छ।