कोहलपुर महोत्सवमा आज चर्चित अभिनेता पल बिक्रम शाह आउँदै

कोहलपुर, पुष १६ – अहिले कोहलपुरमा जारी प्रथम कृषि तथा पर्यटन प्रर्वद्धन व्यापारिक संरक्षण तथा साँस्कृतिक महोत्सव (एस्पो–२०८१) को माहोल अझ रमाइलो हुँदैछ । आजको विशेष कार्यक्रममा पछिल्लो समयका चर्चित अभिनेता पल बिक्रम शाह उपस्थित हुने भएका छन्। स्थानीय दर्शकहरूको मागलाई मध्यनजर गर्दै महोत्सवका आयोजकहरूले अभिनेता पल शाहको प्रस्तुति राखेको बताएका छन्।

आजको महोत्सवमा पल शाहसँगै दोहोरी गायक अर्जुन सुनाम, गायक सुमन बिटी, र लोक तथा दोहोरी गायिका सपना शाहीको प्रस्तुति पनि हुनेछ। यसका साथै, मोडल तथा डान्सर अस्मिता पुरी र दमन्ती शर्माको मनमोहक नृत्य प्रस्तुति पनि महोत्सवको आकर्षण बन्नेछ।

महोत्सवमा स्थानीय कलाकारहरूको प्रतिभा पनि प्रदर्शित हुनेछ, र थप रोचकता ल्याउनका लागि लाइभ दोहोरी पनि प्रस्तुत गरिने आयोजकहरूले जानकारी दिएका छन्।

अदीवासी जनजाति संग्रहालय निर्माण गर्ने उद्देश्यले यो महोत्सव आयोजना गरिएको हो। महोत्सवमा करिब २५० व्यापारिक स्टल र २० वटा होटल स्टलहरूको व्यवस्था गरिएको छ, जसबाट प्रदेशभरका व्यवसायीहरूले राम्रो लाभ लिनेछन्।

महोत्सवका मुख्य आकर्षणहरूमा बालउद्यान, कृषि प्रदर्शनी, व्यापारी स्टलहरू, थारु गाउँ, कराते र उस्सु खेल प्रदर्शन जस्ता विविधता रहेका छन्। साथै, विभिन्न जातीय खाना परिकारहरूको प्रदर्शनी पनि हुनेछ, जसमा मगर, गुरुङ, थारु र नेवार खाना परिकारहरू समावेश गरिएका छन्।

स्थलमा उपस्थित दर्शकहरूको लागि निशुल्क पार्किङको व्यवस्था समेत गरिएको छ। यो महोत्सव भनेको मात्र एक सांस्कृतिक उत्सव मात्र होइन, व्यापारिक र सांस्कृतिक आदानप्रदानको उत्कृष्ट अवसर पनि हो।

यस महोत्सवमा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरूको प्रस्तुति, विभिन्न प्रदर्शनी र रोमाञ्चक खेलकुद गतिविधिहरूले कोहलपुरको माहोललाई अझ उत्सवमय बनाउने निश्चित छ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर