कोहलपुर महोत्सवमा आज आउने कलाकारहरू
कोहलपुर पुस १४ कोहलपुर–११ स्थित खुल्ला मैदानमा जारी कोहलपुर महोत्सवमा आज शान्ति श्री परियारको प्रस्तुती रहेको छ ।, अहिलेका एक अत्यन्त व्यस्त र लोकप्रिय गायिका हुन्, l उनी अहिले देशभरिका महोत्सवहरूमा सबैभन्दा बढी माग गरिएका कलाकारमा पर्छिन् र उनका गीतहरूले दर्शकलाई मनोरञ्जन दिन्छिन् l
त्यसैगरी, गायक टंक तिमिल्सिना र भागिरथ चलाउने पनि आइतबारको महोत्सवको प्रमुख आकर्षणका रूपमा प्रस्तुत हुनेछन्। यी गायकहरूको प्रस्तुति पनि दर्शकका लागि अविस्मरणीय हुनेछ ।
कोहलपुरकी चेली, डान्सर करिश्मा शाही पनि आजको कार्यक्रममा आफ्नो नृत्यको प्रस्तुति दिनेछिन्, जसका बारेमा धेरै दर्शकले खासै उत्साहका साथ पर्खिरहेका छन् । साथै, डान्सर मीना पुनमगर र सानु चौधरी पनि महोत्सवमा आफ्नो नृत्य कला प्रस्तुत गर्नेछन् ।
स्थानीय कर्णाली कला केन्द्रका कलाकारहरू पनि नियमित रूपमा महोत्सवमा प्रस्तुति दिनेछन्, जसले महोत्सवलाई अझ रमाइलो र सांस्कृतिक बनाउनेछन् ।
महोत्सवका मुख्य आकर्षणका रूपमा बालउद्यान, कृषि प्रदर्शनी, व्यापारिक स्टलहरू, थारु गाउँ र विभिन्न खेल प्रदर्शनीहरू रहेका छन् । साथै, मगर, गुरुङ, थारु, नेवार र अन्य जातीय परिकारहरूको स्वादिष्ट प्रदर्शनी पनि गरिएको छ, जसले स्थानीय सांस्कृतिक र खानपानको विविधता देखाउँछ ।
कोहलपुर महोत्सवको आयोजनासँगै आदीवासी जनजाति संग्रहालय निर्माणको उद्देश्यलाई पनि प्राथमिकता दिइएको छ, र यस महोत्सवले स्थानीय तथा राष्ट्रिय कलाकारहरूको एकता र समृद्धिलाई थप उजागर गरेको छ ।
कोहलपुर महोत्सव अझै केही दिन जारी रहनेछ, र प्रत्येक दिन दर्शकको उपस्थिति र कलाकारहरूको प्रस्तुति बढ्दै जानेछन् ।