दक्षिण कोरियामा विमान दुर्घटना: १७९ जनाको मृत्यु, २ जनाको उद्धार
एजेन्सी पुस १४- दक्षिण कोरियामा आज बिहान भएको विमान दुर्घटनामा १७९ जनाको मृत्यु भएको छ, जबकि २ जनाको उद्धार गरिएको छ। विमानमा सवार १८१ जनामध्ये महिलाको जीवित उद्धार भएको थियो—एक जना चालक दलका सदस्य र अर्का एक जना यात्रु हुन्। उद्धारकर्ताले दु:खद घटनापछि तत्काल बचाउँने प्रयास गरेका थिए, र उद्धार गरिएका महिलाहरूको उपचार मोकपो अस्पतालमा भइरहेको छ।
विमान थाइल्याण्डको बैंककबाट दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै गर्दा दुर्घटनामा परेको थियो। विमानमा चालक दलका ६ सदस्य र १७५ जना यात्रु सवार थिए। यी यात्रुहरूमा २ जना थाइल्याण्डका नागरिक र बाकी सबै दक्षिण कोरियाका नागरिक थिए।
दुर्घटनाको कारण भने हालसम्म स्पष्ट भएको छैन, तर प्रारम्भिक जानकारीअनुसार विमान धावनमार्गमा चिप्लिएर बारमा ठोक्किएको थियो र त्यसपछि आगो फैलिएको थियो। यस घटनामा थप अनुसन्धान जारी छ।
मुआन अन्तर्राष्ट्रिय विमानस्थल दक्षिण कोरियाको सियोल शहरबाट २८८ किलोमिटर दक्षिण-पश्चिममा स्थित छ।