राष्ट्रिय युवा संघ नेपालले गर्यो सरसफाइ कार्यक्रम सम्पन्न

कोहलपुर पुस ६- सुशासन सम्वृद्धि, राष्ट्रियता, नवीनता, सृजनशिलता र गतिशीलता भन्ने मूल नारासहित राष्ट्रिय युवा संघ नेपाल, नेपालगन्ज उपमहानगरपालिका कमिटीको आयोजनामा बागेश्वरी मन्दिर पार्कमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।
राष्ट्रिय युवा संघका बाँकेका नगर कमिटी अध्यक्ष बिरू थापाको अध्यक्षतामा भएको कार्यक्रमका आयोजकहरूले विभिन्न कार्यकर्ताहरूसँग मिलेर बागेश्वरी मन्दिर पार्कको भित्री र बाहिरी क्षेत्रको सरसफाइ गरेका थिए । यस क्रममा पार्कका पंखा, फोहोरका थुप्रा, र झारपातको सफा गरी उक्त स्थानलाई आकर्षक र स्वच्छ बनाइएको छ । सहभागीहरूले पार्कको भित्री र बाहिरी क्षेत्र, बाटोको किनारा र झाडीहरूमा फोहोर सफा गर्ने कार्य गरेका थिए भने कार्यक्रममा सहभागी कार्यकर्ताहरूले प्लास्टिक र अन्य फोहोरको उचित व्यवस्थापन गर्दै पर्यावरण संरक्षणको महत्त्व पनि प्रकट गरेका छन् ।

नवीनता र सृजनशिलताको पहल गर्दै आयोजना गरिएको यस सरसफाइ कार्यक्रममा सबै सहभागीहरूले आफ्नो सकारात्मक योगदान दिएका थिए। यस किसिमका कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन् ।
उक्त कार्यक्रममा राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य मनोज विश्वकर्मा,राष्ट्रिय युवा संघका बाँकेका नगर कमिटी अध्यक्ष बिरू थापा, जिल्ला उपाध्यक्ष रमेश मिजार, नेकपा एमाले जिल्ला कमिटी सदस्य र युवा संघका फाँट इन्चार्ज राजु तामाङ, अनेरास्ववियु बाँके जिल्ला अध्यक्ष प्रकाश विश्वकर्मा र अनेरास्ववियुका केन्द्रीय सदस्य माधव खत्री लगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर