एनपीएल क्वालिफायर: कर्णालीले जनकपुरलाई १ सय १९ रनको लक्ष्य दियो
एनेन्सी पुष ४- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १ सय १९ रनको लक्ष्य दिएको छ। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको यस खेलमा कर्णालीले टस हारेर ब्याटिङको निम्ता पाएको थियो र २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रन बनायो।
कर्णालीका गुल्सन झाले २५ रन र देव खनालले २४ रन बनाए। जनकपुरका ललित राजवंशी, जेम्स नीशम र मोहम्मद मोहसिनले २/२ विकेट लिए।
यो खेलको विजयी टोलीले उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ। यसअघि, सुदूरपश्चिमले जनकपुरलाई हराएर फाइनलमा स्थान बनाएको छ। जनकपुरले हिजोको खेल हारेपछि फाइनलमा पुग्न अर्को मौका पाएको थियो, जसमा कर्णालीले चितवन राइनोजलाई हराएर दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो।
प्रतियोगिताको फाइनल खेल पर्सि, शनिवार हुनेछ।