इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार गरेको यमनको हुथी विद्रोहीको दाबी

एजेन्सी पुष २,- यमनको हुथी विद्रोही समूहले इजरायलको राजधानी तेल अबिबस्थित एक सैन्य बेसमा हाइपरसोनिक मिसाइल प्रहार गरेको दाबी गरेको छ। यस आक्रमणको उद्देश्य गाजापट्टीमा इजरायल द्वारा भइरहेको आक्रमणको विरोध र प्यालेस्टाइनको समर्थन जनाउनु रहेको छ। सिन्ह्वा समाचार एजेन्सीले हुथी समूहका सैन्य प्रवक्ता याह्या सरियाको भनाइलाई उद्धृत गर्दै भनेको छ कि यो आक्रमण सफल भएकोमा समूह खुशी छ।

हुथी विद्रोहीको अनुसार, मिसाइल प्रहार गर्दा इजरायलको राजधानीमा चेतावनीका साइरन बजेका थिए। यसै बीच, हुथी समूहले गाजामा भइरहेको हिंसा बन्द नभएसम्म इजरायलविरुद्ध थप सैन्य आक्रमण गर्ने चेतावनी दिएको छ।

त्यसै समय, अमेरिकी र बेलायती सैन्य गठबन्धनले यमनको हज्जाह प्रान्तको बाहिरी क्षेत्रमा हुथी समूहको मोबाइल रकेट लन्चरमा मिसाइल आक्रमण गरेको दाबी गरेका छन्। यस आक्रमणमा कम्तीमा पाँच जना हुथी लडाकु मारेका र सात जना घाइते भएका छन्।

हुथी विद्रोहीहरूले इजरायल र यसको सहयोगी राष्ट्रसँग जडित पानी जहाजहरूलाई आक्रमण गर्दै अर्बौं डलरको क्षति पुर्याएका छन्। गाजामा भइरहेका इजरायली आक्रमणको विरोध स्वरूप यी आक्रमणहरू गरिएको दाबी गरिएको

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर