प्रधानमन्त्री वली स्वदेश फिर्ता
कोहलपुर मंसिर २०- प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कनुभएको छ । मङ्सिर १७ गते चीनको बेइजिङ जाने प्रधानमन्त्री ओली, हिमालय एयरलाइन्सको विशेष चार्टर विमानमार्फत प्रतिनिधिमण्डलसहित यात्रा गर्नु भएको थियो ।
चिनियाँ समकक्षी राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली छ्याङसँग उहाँले महत्वपूर्ण भेटवार्ता गर्नुभएको थियो। भ्रमणका क्रममा नेपाल र चीनबीच बिआरआई फ्रेमवर्क सहमतिपत्रमा हस्ताक्षर भएको छ । मङ्सिर २० गते प्रधानमन्त्री ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको उहाँको प्रेस संयोजक प्रकाश सिलवालले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीको यस भ्रमणले नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन महत्त्वपूर्ण योगदान पुर्याएको छ ।