भरतपुरमा रवि लामिछानेको पक्ष र विपक्षमा प्रदर्शन

काठमाण्डौ मंसिर १९, – सहकारी ठगी आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेलाई कारबाही गर्नुपर्छ भन्ने र विनाशर्त रिहाइ गर्नुपर्छ भन्नेहरूले चितवनको भरतपुरमा छुट्टाछुट्टै प्रदर्शन गरेका छन् ।

रिहाइको माग गर्ने लामिछानेका समर्थकहरूले जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन् । जुलुसपछि ढुङ्गा प्रहार हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा, अश्रुग्यास र लठ्ठी प्रहार गरेको छ । उनीहरूले लामिछाने निर्दोष रहेको र राजनीतिक पूर्वाग्रहका कारण थुनामा रहेको दाबी गर्दै निःशर्त छाडिनुपर्ने माग राखेका छन् ।

यस्तै जिल्ला समन्वय समिति अगाडि र्‍याली निकालेका सहकारी पीडितहरूले भने लामिछानेसहितका सहकारी ठगी आरोप लागेकाहरूलाई कारबाहीको माग गरेका छन् । सहकारी पीडित र रवि समर्थकहरूको भेट नहोस् भनेर प्रहरीले सतर्कता अपनाएको छ ।

लामिछानेलाई बयानका लागि प्रहरीले हिजो चितवन पुर्‍याएको हो । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा प्रहरीले लामिछानेलाई कात्तिक २ गते पक्राउ गरिएको थियो ।

पोखराको सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका लामिछानेलाई सहारा सहकारीको रकम अपचलन गरेको आरोपमा बयानका लागि चितवन लगेको प्रहरीले जनाएको छ । यसअघि बुटवलको सुप्रिम सहकारी र काठमाण्डौको स्वर्णलक्ष्मी सहकारीका बचत अपचलन गरेको आरोपमा लामिछानेको बयान सकिएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर